back
NMB ad

गण्डकी प्रदेशमा ४४ पर्यटकीय गन्तब्यको पूर्वाधार निर्माण हुँदै

Kumari bank ad

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र रहेका पर्यटकीय स्थलहरुको भौतिक पूर्वाधार निर्माण गर्न बजेटको व्यवस्था गरेको छ ।

सरकारले प्रदेशका विभिन्न ११ जिल्लामा केही समय अघि घोषणा गरेका ११० पर्यटकीय गन्तव्य मध्येका ४४ ओटा पर्यटकीय गन्तब्यको लागि आवश्यक पूर्वाधार निर्माण गर्न बजेट दिने तयारी थालेको हो ।

प्रदेश सरकारले यस वर्ष प्रदेशका प्रत्येक जिल्लामा ४/४ ओटा पर्यटकीय गन्तव्यहरुको पूर्वाधार गर्ने योजना बनाएको हो । ती जिल्लामा रहेको प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक–एक ओटा पर्ने गरि पर्यटकीय गन्तव्य विकास गरिने छ ।

गण्डकी प्रदेश सरकारका भौतिक योजना मन्त्री एवं प्रवक्ता रामशरण वस्नेतले ४४ पर्यटकीय गन्तव्यको आवश्यक पूर्वाधार निर्माण गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत रू.१७ करोड ६० लाख बिनियोजन गरिएको बताए ।

पर्यटकीय पूर्वाधार निर्माण गर्नका लागि मन्त्रिपरिषदले पुर्वाधार विकास कार्यविधि २०७६ समेत स्वीकृत गरिसकेको छ ।
मन्त्रालयले विभिन्न जिल्लाबाट प्राप्त ४४ गन्तव्य सूची केही दिनमै सार्वजनिक गर्ने तयारी गरेको छ । माघ महीनाभित्रै काम अगाडी बढाउन मातहतका कार्यालयमा बजेट पठाइने तयारी छ ।

छनौट भएका गन्तव्यहरुको पूर्वाधार निर्माणलाई व्यवस्थित बनाउन मन्त्रालयले कायविधिमै प्रत्येक आयोजनाको अनिवार्य डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) बनाउनु पर्ने बाध्यकारी व्यवस्था समेत गरेको छ ।

वि.सं.२०७६ माघ २० सोमवार १७:२५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...