शेयर बजार अपडेट : १.६२ अंकले बढ्यो नेप्से, दुई कम्पनीको सर्वाधिक कारोवार

काठमाडौं । मंगवार नेप्से कारोबार भएको दोस्रो घण्टामा १ दशमलव ६२ अंकले बढेर १ हजार ३५० दशमलव ७५ विन्दुमा पुगेको छ ।

१ हजार ३५१ दशमलव शून्य १ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा शून्य दशमलव १२ प्रतिशत बढेको हो ।

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये ५ समूहको परिसूचक घटेको छ भने बाँकी ७ समूहको परिसूचक बढेको छ ।

दोस्रो घण्टाको कारोबारमा १६९ ओटा कम्पनीको रू. ६१ करोड ५ लाख बराबरको शेयर कारोबार भएको छ । यस अवधिमा नेपाल इन्स्योरेन्सकोे सर्वा्धिक कारोबार भएको छ ।

उक्त कम्पनीको रू. ३ करोड ६५ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. ४५३ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा दोस्रोमा गरिमा विकास बैंकको रू. ३ करोड २ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. २४८ रहेको छ ।

२०७६ माघ २१ गते १३:१० मा प्रकाशित

You can share this post!

नेपाल बैंकद्वारा बिना धितो कर्जा प्रवाह सुरु : कति सम्म पाइन्छ ? यस्तो छ प्रक्रिया

भर्खरै लोकसेवा आयोगले निकाल्यो यस्तो सूचना

Related posts