काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।
कम्पनीले सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्नको लागि रेटिङ गराएको हो । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।
कम्पनीले ११ लाख ४१ हजार १४० कित्ता हकप्रद शेयर निष्कासन गर्नको लागि पुस १३ गते सेबोनमा निवेदन दिएको थियो । कम्पनीको विक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
वि.सं.२०७६ माघ २१ मंगलवार १४:३६ मा प्रकाशित