back
NMB ad

लसुनको मूल्य १४४ प्रतिशतले वृद्धि, प्रतिकिलो ६ सय नाघ्यो !

Kumari bank ad

काठमाडौं । पछिल्लो समय बजारमा लसुनको मूल्य बढ्दै गएको छ । माग अनुरुप बजारमा लसुन नपाइँदा मूल्य बढ्दै गएको हो ।

गत पुस मसान्तमा २ सय ४५ रुपैयाँमा कारोबार भएको प्रतिकिलो लसुन माघ २१ सम्ममा ६ सयभन्दा बढी भएको छ । सो अवधिमा लसुन १ सय ४४ प्रतिशतले बढेको हो ।

उपत्यकाकै सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी तरकारी तथा फलफूल बजारको मूल्य सूचि अनुसार माघको सुरुदेखि अहिलेसम्म लसुनको मूल्य ३ सय ५५ रुपैयाँ सम्मले बढेको छ ।

नेपाली लसुनको बजार चिनियाँ लसुनले ढाकेको छ । नेपालमा सिजनमा मात्रै लसुनको उत्पादन हुने र उत्पादित लसुन पनि पर्याप्त नभएकाले चिनियाँ लसुन आयात हुने गरेको छ ।

अहिले चीनबाट सामानको आयात बन्द भएसँगै लसुनको आयात पनि रोकिएकाले नेपाली बजारमा लसुनको मूल्य बढेको जानकारहरुले बताएका छन ।

कालिमाटी तरकारी बजारमा उपनिर्देशक विनय श्रेष्ठ लसुनको आयात घट्दा बजारमा अभाव देखिएको दाबी गर्छन । मागको तुलनामा पूर्ति नभएकाले मूल्य आकासिएको हो,’ उनले भने ।

यसअघि दैनिक ५ देखि ६ टन लसुन आयत हुनेमा अहिले दैनिक २ देखि ३ टन सम्म मात्रै आउन थालेको श्रेष्ठले जानकारी दिए ।

वि.सं.२०७६ माघ २१ मंगलवार १८:१६ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...