आज काठमाडौंका यी स्थानहरुमा दिनभर बत्ती नआउने

काठमाडौं । आज राजधानीका केही ठाउँमा दिनभर बत्ती जाने भएको छ ।

चक्रपथ विस्तार कार्यको लागी रुख कटान गर्न महाराजगंज वितरण केन्द्रको धापासी र बुढानिलकण्ठ फिडरबाट वितरीत लाइन आज बिहान ७ बजेबाट साँझ ४ बजेसम्म सट डाउन हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

एक सुचना जारी गर्दै उक्त फिडर अन्तर्गत बसुन्धारा, श्रीटोल, सामाखुशी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल लगायतका क्षेत्रमा बत्ती जाने प्राधिकरणले जानकारी दिएको हो ।

प्राधिकरणको अनुसार रुख कटान कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै विद्युत आपुर्ति हुनेछ।

२०७६ माघ २२ गते ०८:४३ मा प्रकाशित

You can share this post!

लोकसेवाद्वारा लिखित परीक्षाको नतिजा सार्वजनिक, को–को भए उत्तीर्ण ? (नामावलीसहित)

वाणिज्य बैंकहरूको कुल कर्जाको २१ % ठूला २० ऋणीलाई, सर्वसाधारणमा बैंक पुग्नै सकेनन्

Related posts