भक्तपुर दरबार स्क्वायरमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भक्तपुर दरबार स्क्वायर क्षेत्रमा महानगरिय प्रहरी परिसर तथा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा ए.टी.एम.सेवा संचालनमा ल्याएको छ ।

 ए.टी.एम.सेवाको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले बुधबार एक समारोहका बीच उद्घाटन गरेका छन् । नेपालको सांस्कृतिक तथा पुरातात्विक महत्वको विश्व सम्पदा सूचिमा रहेको भक्तपुर दरबार स्क्वायर क्षेत्रमा सरकारी बैंकको सेवाले यस क्षेत्रको महत्व बढेको र अन्य सम्भावित क्षेत्रमा पनि बैंकिङ्ग सेवा दिनुपर्ने उनले बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले संभावित क्षेत्रमा बैंकिङ्ग सेवा दिने बताउदैं उक्त ए.टी.एम.बाट चौबीसै घण्टा सेवा उपलब्ध हुने बताए ।

२०७६ माघ २२ गते १६:४१ मा प्रकाशित

You can share this post!

भर्खरै लोकसेवा आयोगले जारी गर्यो नयाँ सूचना

एनआईसी एशिया र सूर्या लाइफ इन्स्योरेन्सबीच डिजिटल भुक्तानी सम्बन्धी समझदारी

Related posts