१७ हजार कर्मचारी कारवाहीमा, ७५ करोड रुपैंयाँ जरिवाना

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सम्पत्ति विवरण नबुझाउने १७ हजार १ सय २७ जनालाई कारबाही गरी ७५ करोड रुपैंयाँ जरिवाना गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा ५ लाख ४ सय ४८ कर्मचारीमध्ये १७ हजारलाई जरिवाना गर्दा उक्त रकम संकलन भएको नेपाल समाचारपत्र दैनिकम खबर प्रकाशित छ ।

सम्पत्ति विवरण नबुझाउनेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गर्ने ब्यवस्था छ । केन्द्रले विवरण नबुझाउनेको विवरण संकलन गरी कारवाही गर्न आयोगमा सिफारिस गर्ने र आयोगले कारवाही गर्ने ब्यवस्था छ ।

तथ्यांकअनुसार सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा धेरै संघअन्तर्गतका सार्वजनिक पद धारण गरेका व्यक्ति छन् ।

२०७६ माघ २३ गते ०७:०६ मा प्रकाशित

You can share this post!

यति धेरै संख्यामा नेपाली सेनाले माग्यो सेकेन्ड लेफ्टिनेन्ट, यस्तो छ जागिरको अवसर ( विज्ञापनसहित)

नेपाल टेलिकमको सीडीएमए सेवा बन्द हुँदै

Related posts