बैंक तथा वित्तीय संस्थामा कडाइभन्दा नियमन आवश्यक

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको नियमन कडाइ गर्दा समग्र अर्थतन्त्रमा नै असर पुगेको भन्दै उद्योगी व्यवसायीले केन्द्रीय बैंकको ध्यानाकर्षण गराएका छन् ।

उद्योग नभए बैंक नै चल्न नसक्ने भन्दै उनीहरूले बैंक तथा वित्तीय संस्थाको नियमन प्रभावकारी हुनुपर्नेमा जोड दिएका हुन् ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्नुअघि यसको कार्यान्वयनको अवस्था एवम् समसामयिक आर्थिक तथा वित्तीय स्थितीसम्बन्धी नेपाल राष्ट्र बैंकले बुधवार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बैंक तथा वित्तीय संस्थालाई नियमनमा कडाइ गर्दा सम्पूर्ण अर्थतन्त्रमा नै असर पुगेको बताए । गोरखापत्र दैनिकमा खबर छ ।

 

२०७६ माघ २३ गते ०७:२९ मा प्रकाशित

You can share this post!

नेपाल टेलिकमको सीडीएमए सेवा बन्द हुँदै

बागमती प्रदेशले साझालाई पैसा नदिने, ‘विद्युतीय बस’ सञ्चालनको तयारी

Related posts