ट्रेनीदेखी अधिकृतसम्म : यति धेरै संख्यामा खुल्यो जागिर, यस्तो छ अवसर

काठमाडौं । जागिरको खोजीमा रहेका नेपालीहरुका लागि सुनौलो अवसर सृजना भएको छ । एक सूचना जारी गर्दै ३ वाणिज्य बैंकले विभिन्न पदका लागि ठुलो संख्यामा आवेदन खुलाएका छन ।

उपत्यका र उपत्यका भन्दा बाहिरका शाखाहरुमा नविल बैंक, एभरेष्ट बैंक र सेन्चुरी कर्म्सियल बैंकले ट्रेनी असिस्टेनदेखी डेपूटि म्यानेजरसम्मका पदमा कर्मचारी माग गरेको हो ।

माघ २८ गतेसम्म अनलाइन आवेदन दिनेसक्ने गरि सेन्चुरी बैंकले सिनियर असिस्टेनदेखी डेपुटि म्यानेजरसम्मका १८ वटा पदमा कर्मचारी माग गरेको हो ।

यस्तै नविल बैंकले ५० जना र केही टेलरहरु माग गरेको छ । जसमा न्यनतम योग्यता प्लस्टु पास हुनुे पर्ने र फागुन ७ गतेसम्म अनलाइन आवेदन दिनसकिने बैकको सूचनामा उल्लेख गरिएको छ ।

यसैगरि एभरेष्ट बैंकले भने उपत्यका बाहिरका शाखामा ट्रेनी पदमा कर्मचारी माग गरेको छ । बैंकले तोकेको पदमा न्यूनतम प्लस्टु पास र अन्य तोकेको योग्यता पुगेका इच्छुक आवेदकले फागुन ७ गतेसम्म अनलाईन मार्फत आवेदन दिनसक्ने जनाइएको छ ।

२०७६ माघ २३ गते ०५:३१ मा प्रकाशित

You can share this post!

भर्खरै फेरि आयो लिखित परीक्षाको नतिजा, क–कसको निस्कियो नाम ?

स्थायी नियुक्ति सम्वन्धी यस्तो छ लोकसेवाको जरुरी सूचना

Related posts