back
NMB ad

टर्कीमा बिमान दुर्घटना : तीन को मृत्यु, १ सय ७० घाइते

Kumari bank ad

काठमाडौं । इस्टानबुलको विमानस्थलमा एक यात्रुवाहक विमान अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएर तीन भागमा टुक्रिएको छ । घटनामा तीन व्यक्तिको मृत्यु र करिब १ सय ७० भन्दा बढी यात्रु घाइते भएको अधिकारीले बताएका छन् ।

‘द पेगासस एयरलाइन्स’को उक्त्त विमानमा १७१ यात्रु र चालक दलका ६ जना सदस्य सवार थिए । देशको पश्चिममा रहेको इजमिर प्रान्तबाट आएको सो विमान सबिहा गोकसेन विमानस्थलमा बुधबार दुर्घटना भएको हो ।

दुर्घटना भएको विमान भारी हावाहुरी र वर्षाबीच अवतरण गर्ने प्रयासमा थियो । उक्त्त विमान दुर्घटनापछि विमास्थल बन्द गरेर अन्य उडानहरु अन्तै मोडिएको थियो ।

बोर्डमा रहेका अधिकांश मानिस टर्कीका नागरिक थिए । स्थानीय मिडियाका अनुसार विमान दुर्घटनामा १२ अन्य देशका २२ विदेशी नागरिक थिए ।

इस्टानबुलका गर्भनर अली येर्लिकायाका अनुसार, दुर्भाग्यवस पेगासस एयरलायन्सको विमान खराब मौसमको कारण धावनमार्गमा टिक्न नसक्दा ५०–६० मिटर सम्म चिप्लन पुग्यो । विमान रनवेको अन्त्यबाट ३० देखि ४० मिटरको बीचमा चिप्लिएको थियो ।

कम लागतको पेगासस एयरलाइन्सको ८३ एयरक्राफ्ट, ४७ बोइङ र ३६ एयरबस विमान छ । जुन २० वर्ष अघिदेखि उडान भरिरहेको छ ।

स्वास्थ्यमन्त्री फाहरेट्टिन कोकाले घटनामा ३ जनाको मृत्यु भएको र १७९ घाइते भएको पुष्टि गरेका छन् । उनले घटनामा घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताए ।

वि.सं.२०७६ माघ २३ बिहीवार १२:२५ मा प्रकाशित

You can share this post!

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...