back
NMB ad

पशुपतिमा आइतबारदेखि ‘नमस्कार’ अभियान सुरु

Kumari bank ad

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आइतबारदेखि ‘नमस्कार’ अभियान सुरु गर्ने भएको छ । नेपाल सरकारको भिजिट नेपाल २०२० को सन्दर्भ जोड्दै महाशिवरात्रीको अवसर पारेर नमस्कार अभियानलाई पुनर्जागरण गर्ने भएको हो ।

पाशुपत क्षेत्रमा करिब एक सयवटा नमस्कार गरौं भन्ने आशयका फ्लेक्स हुनेछन । फ्लेक्सको बीचमा नमस्कार शब्द हुनेछ भने सोको दायाँबायाँ पशुपतिनाथ मन्दिरअंकित तस्विर हुनेछ ।

नमस्कारको तल ‘वसुधैव कुटुम्बकम’ शब्द हुनेछ भने त्यसभन्दा तल दायाँबायाँ पुरुष र महिलाका हातले नमस्कार गरेका तस्विर हुनेछन ।

‘पशुपतिनाथको दर्शन गर्न आउने सबै भक्तजनबाट नमस्कार शब्द प्रयोग गरी दुवै हात जोडेर एकआपसमा आत्मीयतासमेत प्रकट होस् भनेर नमस्कार सुरुआत गर्न लागेका हौं’, कोषका सदस्यसचिव डा. प्रदीप ढकालले भने, ‘नेपालीको परम्परा नै हो, नयाँ कुरो होइन तर यसलाई पुनर्जागरण गर्न सके एकापसमा श्रद्धासमेत बढ्नेछ ।’

कोषले सुरु कोषको कार्यालयबाटै गर्ने भएको छ । कसैले हात मिलाउन खोजे अब कोषका कर्मचारीले हामी हात मिलाउँदैनौं नमस्कार गर्छौं भनेको सुन्न पाइनेछ ।

‘एक व्यक्तिमा भएको ईश्वरीय तत्व अर्कोसँग पुग्नेछ, छातीलाई बीचमा पर्ने गरी ह्दयको भाव व्यक्त गर्दै संस्कार र संस्कृतिलाई प्रवद्र्धन गर्न लागेका हौं’, उनले थपे । यो काम वैज्ञानिक दृष्टिले समेत उपयुक्त रहेको उनको भनाइ छ ।

यसैबीच, महाशिवरात्रीकै अवसर पारेर कोषले प्लाष्टिक निषेधको कामलाई पनि कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीका अनुसार २०६९ सालमा काठमाडौं महानगरपालिकासँगको सहकार्यमा पाशुपत क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरे पनि फाट्टफुट्ट देखिएपछि पुनः कडाइ गर्न लागिएको हो ।

वि.सं.२०७६ माघ २३ बिहीवार १३:०६ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...