back
NMB ad

गण्डकी प्रदेशसभाले दुई वर्षमा ३५ विधेयक पारित

Kumari bank ad

पोखरा । गण्डकी प्रदेशसभाको दुईवर्षे समयावधिमा चार संशोधनसहित ३५ विधेयक पारित भएका छन् ।

प्रदेशसभा सचिवालयद्वारा बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेले गण्डकी प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक वि.स. २०७४ माघ २२ शुरु भएयता हालसम्म चारवटा अधिवेशन सम्पन्न भई पाँचौँ चालु रहेको जानकारी गराए ।

उनका अनुसार प्रदेशसभाको पहिलो अधिवेशनमा नौ, दोस्रोमा १३, तेस्रोमा छ, चौथोमा छवटा विधेयक पारित भएका थिए । चालु अधिवेशनमा एउटा विधेयक पारित भएको छ ।

दुईवटा विधेयक विधायन समितिमा दफवार छलफलका क्रममा छन् । दुईवटा प्रदेशसभामा विचाराधीन छन् । यसबीचमा भौतिक पूर्वाधारका काम अघि बढेको बताउँदै उहाँले प्रदेशसभाका समिति र संसदीय दलको कार्यालय सञ्चालनका लागि प्री–फ्याब भवनको निर्माण सम्पन्न हुने चरणमा रहेको जानकारी दिए ।

प्रदेश अन्तर्गतका जिल्ला समन्वय समितिसँग भिडियो कन्फरेन्सको माध्यमबाट सम्पर्क स्थापनाका लागि युएनडिपी संसद् सहयोग परियोजनाको सहयोगमा कन्फेरेन्सिङ हल स्थापना भएको उनले बताए ।

प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले यस अवधिमा सभाका काम प्रभावकारी रुपमा अघि बढेको बताउँदै धेरैजसो ऐन सर्वसम्मत रुपमा पारित भएको उल्लेख गरे । रासस

वि.सं.२०७६ माघ २३ बिहीवार १६:०९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...