back
NMB ad

बच्चा जन्मिएपछि बुवालाई पनि आमालाई जत्तिकै बिदा दिने सरकारको घोषणा !

Kumari bank ad

काठमाडौं । फिनल्याण्डको नयाँ सरकारले बच्चा जन्मिएपछि बुवाले पनि बच्चासँग धेरै समय बिताउन पाऊन् भनेर आमाबुवा दुवैलाई समान बिदा दिने योजना घोषणा गरेको छ ।

यो नयाँ योजना अनुसार आमाबुवा दुवैले १४ महिनाको तलबी बिदा पाउने छन् । छिमेकी स्वीडेनमा बच्चा जन्मिएपछि पाइने बिदामा युरोपकै सबैभन्दा उदार प्रणाली छ जहाँ हरेक अभिभावकले २४० दिनको बिदा पाउँछन् ।

फिनल्याण्डले “लैङ्गिक समानता र सु(स्वास्थ्यलाई प्रोत्साहन“ गर्न खोजेको जनाएको छ । स्वास्थ्य तथा सामाजिक मामिलामन्त्री आइनो काइसा पेकोननले सञ्चारकर्मीलाई सुरुदेखि नै आमाबुवासँगको सम्बन्ध बलियो बनाउने उद्देश्यले “ परिवारलाई फाइदा पुग्ने एउटा आमूल परिवर्तनको“ सुरुआत भएको छ ।

बिदाको सुविधा बुवालाई

अहिलेको व्यवस्था अनुसार फिनल्याण्डमा सुत्केरी आमालाई साढे चार महिना बिदा दिने व्यवस्था छ भने बुवालाई बच्चा दुई वर्षको नहुँदासम्म साढे दुई महिनाको बिदा दिने व्यवस्था छ । त्यसमाथि अर्को ६ महिनाको बिदा पनि बाँड्न सकिन्छ।

यद्यपि चारमध्ये एकजना बुवाले मात्रै आफूलाई दिइएको यो सुविधा उपभोग गर्छन्। अहिलेको योजनाले बुवाले लिने बिदाको मात्रै कुरा गरेको छ ।

प्रत्येक आमाबुवाले साढे ६ महिना बिदा पाउँछन् जसअन्तर्गत १ सय ६४ दिन पर्छ। र, गर्भवती महिलाले मासिक रूपमा थप भत्ता पाउँछिन् ।

आमाबुवाले आफ्नो कोटाको ६९ दिन एकअर्कालाई दिन पाउँछन्। एकल अभिभावकले दुवै भत्ता प्रयोग गर्न पाउँछन ।फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले गत महिना लैङ्गिक समानताका लागि आफ्नो देशले अझ धेरै गर्न बाँकी रहेको बताएकी थिइन ।

उनले बच्चाहरू साना हुँदा उनीहरूका बुवाले उनीहरूसँग निकै कम समय बिताउने गरेको गुनासो गरेकी थिइन् ।

बाँकी युरोप पनि त्यही पथमा

युरोपेली सङ्घले पनि त्यही पथ अवलम्बन गरेको छ। सन् २०१९ मा उसले आफ्ना सदस्य राष्ट्रलाई तीन वर्ष्भित्र हरेक आमाबुवालाई बच्चा जन्मिएपछि कम्तीमा चार महिनाको बिदा दिन निर्देशन दिएको छ ।

त्यसरी दिइने बिदामा पहिलो दुई महिना भने पछिलाई सार्न पाइने छैन । पोर्चुगलले यसअघि नै लैङ्गिक समानताको प्रणाली लागु गरेको छ ।

त्यहाँ पहिलो १२० दिन पूरा तलबसहित बिदा दिइन्छ भने अर्को ऐच्छिक बिदा ३० दिनका लागि पाइन्छ । जसमा ८० प्रतिशत तलब दिइन्छ ।

युनिभर्सिटी अफ ओस्लोकी प्राध्यापक एन्नी लिज एलिङसेइटरले बुवालई थप अधिकार दिँदा त्यो नर्डिक देशहरूमा पूर्ण रूपमा सफल नभएको बताएकी छन् ।

“बुवालाई पनि सार्न नमिल्ने गरी बिदा दिने पहिलो देश नर्वे हो जसले सन् १९९३ मा त्यस्तो व्यवस्था ल्यायो। त्यसपछि त्यस्तै व्यवस्था स्वीडेनले गरेको थियो।“

“तर डेनमार्कले सन् १९९८ मा बुवाका लागि बिदाको व्यवस्था ल्याए पनि पछि हटाएको थियो र अहिलेसम्म फेरि अर्को व्यवस्था ल्याएको छैन,“ उनले भनिन् ।

खर्च

डेनमार्कमा बच्चा जन्मिएपछि बुवाले दुई साताको बिदा पाउँछन् र आमाबुवाले थप ३२ साता एक अर्कालाई दिन सक्छन्।
डिसेम्बर महिनायता फिनल्याण्डमा पाँचवटा पार्टीको गठबन्धन सरकार छ र प्रत्येक पार्टीको नेतृत्व महिलाले गरेका छन्।

३४ वर्षीया मरिनले सत्तामा महिला हुनु “ठूलो कुरा नभएको“ बताएकी छन् । सरकारले बच्चा जन्मिएपछि दिने बिदाको व्यस्थामा आएको यो परिवर्तनले थप ११ करोड डलर खर्च हुने अनुमान गरेको छ ।

स्वीडेन, नर्वे, आइसल्याण्ड, इस्टोनिया र पोर्चुगलले परिवारमैत्री नीति ल्याएको भन्दै गत वर्षको आफ्नो प्रतिवेदनमा युनिसेफले तिनीहरूको प्रशंसा गरेको थियो । विविसी

 

वि.सं.२०७६ माघ २३ बिहीवार १७:३५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...