काठमाडौं । लोक सेवा आयोगले भर्खरै लिखित परीक्षाको नतिजा प्रकाशन सम्वन्धी सूचना निकालेको छ । आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले नतिजा सार्वजनिक गरेको हो ।
आयोगको हेटौँडा कार्यालयले स्थानीय तह अन्तर्गतका खुला तथा समावेशी इञ्जिनियरिङ सेवा, सिभिल समूह, चौथो तह, असिस्टेण्ड सव– इञ्जिनियरि पदको नतिजा निकालेको सूचनामा उल्लेख छ ।
लिखित परीक्षामा सफल भई अन्तर्वार्ताका लागि छनौट भएका उम्मेदवारुहरुलाई तोकिएको मिति, समय र स्थानमा आवश्यक कागजातसहित उपस्थित हुनका लागि आयोगले अनुरोध पनि गरेको छ ।
नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
वि.सं.२०७६ माघ २३ बिहीवार १८:२० मा प्रकाशित