back
NMB ad

हालसम्मकै ठुलो आईपिओ जारी गर्न लागेको इन्फ्रास्ट्रक्चर बैंकको नाफा कति ? यस्तो छ वित्तीय विवरण

Kumari bank ad

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले यस आर्थिक वर्षको दोस्रो त्रैमासमा रू.४० करोड २७ लाख ४४ हजार खुद नाफा गरेको छ । पहिलो त्रैमासमा उक्त कम्पनीले रू.२० करोड ५६ लाख ७ हजार खुद नाफा गरेको थियो ।

पहिलो त्रैमासको तुलनामा कम्पनीको नाफा दोस्रो त्रैमासमा ९५ दशमलव ८८ प्रतिशत बढी हो । दोस्रो त्रैमासमा कम्पनीको पहिलो त्रैमासको भन्दा जगेडा कोष रकम ३० दशमलव ५० प्रतिशत बढी रू.१ अर्ब २९ करोड ८० लाख २९ हजार कायम भएको छ ।

कम्पनीले रू.२५ करोड निक्षेप संकलन गरेको छ भने रू.५८ करोड २६ लाख ९४ हजार कर्जा प्रवाह गरेको छ । कम्पनीको कर्जा प्रवाह पहिलो त्रैमासको तुलनामा ५९० प्रतिशत वृद्धि भएको छ ।

कम्पनीले पहिलो त्रैमासमा रू.३१ करोड २४ लाख ५९ हजार खुद ब्याज आम्दानी गरेकोमा दोस्रो त्रैमासमा रू.६१ करोड ७१ लाख ३४ हजार गरेको छ । गत त्रैमासभन्दा यस त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ९७ दशमलव ४५ प्रतिशत बढेको छ ।

सर्वसाधारणका लागि रू.८ अर्ब बराबरको आईपीओ जारी गर्न लागेको यस कम्पनीको चुक्तापूँजी रू.१२ अर्ब रहेको छ ।
आईपीओ जारी गर्ने प्रस्ताव कम्पनीले गत मंसिर २९ गते साधारण सभा सम्पन्न गरी पारित गरिसकेको छ ।

सर्वसाधारणको स्वामित्व ४० प्रतिशत कायम गर्ने गरी कम्पनीले आईपीओ जारी गर्न लागेको हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू.२० अर्ब पुग्नेछ ।

वि.सं.२०७६ माघ २३ बिहीवार १८:४० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...