back
NMB ad

आइतवार सार्वजनिक विदा

Kumari bank ad

काठमाडौं । आइतवार सार्वजनिक विदा दिएको छ । आइतवार अर्थात माघ २६ गतेका दिन  झापाका तीनवटा स्थानीय तहले  सार्वजनिक बिदा दिएका हुन ।

महाभारतकालीन किम्बदन्तीसँग जोडिएको झापाको भद्रपुरमा मनाइने किचकबध धार्मिक मेलाको अवसरमा भद्रपुर नगरपालिका, कचनकवल र हल्दिबारी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएका हुन्।

पालिकाहरूले छुट्टाछुट्टै सूचना जारी गरी बिदा दिएको हो । सो दिन स्थानीय तहअन्तगर्तका सम्पूर्ण सरकारी कामकाज बन्द रहनेछ ।

प्रत्येक वर्ष माघे शुल्क पूर्णिमा अर्थात् स्वस्थानी व्रतका दिन धार्मिक परम्परा अनुसार भद्रपुर २ र ३ नम्बर वडामा रहेको किचकबधमा मेला लाग्ने गरेको छ ।

यसबर्ष माघ २६ गते आइतबार मेला लाग्ने भएको छ । किचकवधमा रहेको ऐतिहासिक धार्मिक पोखरीमा माघे शुल्क पूर्णिमा दिन स्वतफुर्त पानी आउने गरेकोले सो पोखरीमा नुहाउँदा व्रतालु भक्तजनहरूले इच्छाएको मनकामना पूरा हुने गरेको धार्मिक विश्वास छ ।

महाभारत कालीन किम्बदन्तीअनुसार विराट राजाका सालो किचक सेनापति थिए । पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूप माथि कुदृष्टि राख्ने सेनापति किचकलाई भीमसेनले मुड्क्याएर मारेको किम्बदन्ती छ ।

सोही कथावस्तुलाई आधार मानेर यस ठाउँका नाम किचकबध नामकरण गरिएको किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव मदन कँडेलले जानकारी दिए।

वि.सं.२०७६ माघ २४ शुक्रवार ०५:३० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...