back
NMB ad

अब पत्रकारलाई पनि पेन्सन, सञ्चार रजिष्ट्रारको कार्यालयले गर्यो यस्तो व्यवस्था

Kumari bank ad

काठमाडौं । बागमती प्रदेशका ज्येष्ठ पत्रकारले पेन्सन पाउने भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत रहेको बाग्मती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयले यस्तो व्यवस्था गर्ने भएको हो ।

कार्यालयले ३० वर्ष पत्रकारिता गरेका र ६० वर्ष उमेर पुगेका पत्रकारलाई पेन्सनको व्यवस्था गरिने जनाएको छ । सञ्चार रजिष्ट्रार रेवती सापकोटाले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्था अनुसार ज्येष्ठ पत्रकार पेन्सनका रुपमा मासिक ३ हजार रुपैयाँ उपलब्ध गराउने जानकारी दिनुभयो ।

संघीय सरकार मन्त्रिपरिषद्ले पनि २०७५ चैतमा ज्येष्ठ पत्रकारलाई पेन्सन दिने निर्णय गरेको थियो तर उक्त निर्णय हालसम्म कार्यान्वयनमा आएको छैन् । नयाँ पत्रिकाले समाचार छापेको छ ।

राज्यबाट उपलब्ध हुने अन्य कुनै सामाजिक सुरक्षा भत्ता वा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट आर्थिक सुविधा प्राप्त हुने सार्वजनिक पदमा बहाल रहने ज्येष्ठ पत्रकारले भने मासिक पेन्सन नपाउने व्यवस्था रहेको सापकोटाले बताउनुभयो ।

सञ्चार रजिष्ट्रारको कार्यालयले तयार पारेको कार्यविधिमा पत्रकार कल्याण कोषबाट पत्रकारिताको सिलसिलामा दुर्घटनामा परेमा क्षतिको मूल्यांकनका आधारमा बढीमा ३० हजार रुपैयाँसम्म सहयोग दिइने उल्लेख छ ।

दुर्घटनाको कारणले उपचारको निम्ति अस्पतालमा भर्ना भएको १२ घण्टापछि मृत्यु भएमा थप ४० हजार रुपैयाँ, दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएमा ५० हजार रुपैयाँ उपलब्ध गराइने कार्यालयले जनाएको छ ।

मृगौला, क्यान्सरजस्ता घातक रोग लागेका पत्रकारलाई औषधि उपचार गर्न ७५ हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्न सकिने सञ्चार रजिष्ट्रार सापकोटाले जानकारी दिनुभयो ।

सञ्चार रजिष्ट्रार कार्यालयले सुत्केरी महिला पत्रकारलाई प्रसुती भएको एक वर्ष अवधिसम्म आत्मनिर्भरता र सिर्जनात्मक प्रवर्द्धनका लागि लेखन तथा प्रसारणवृत्ति दिने जनाएको छ । प्रसुती भएको एक वर्षसम्म पत्रकारितामा क्रियाशिल बनाई राख्ने उद्देश्यले लेखन तथा प्रसारणवृत्ति प्रदान गर्न लागिएको कार्यालयले जनाएको छ ।

सुत्केरी अवधिमा महिला पत्रकारलाई बढीमा चार वटासम्म विषयगत लेखन र प्रसारण गर्ने अवसर प्रदान गर्ने सञ्चार रजिष्ट्रार सापकोटाले जानकारी दिनुभयो । एउटा लेखन तथा प्रसारण वृत्तिबापत २० हजार रुपैयाँसम्म उपलब्ध गराइने उहाँले बताउनुभयो ।

वि.सं.२०७६ माघ २५ शनिवार ०९:१० मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...