back
NMB ad

चार इन्स्योरेन्सको हकप्रद निष्कासन बाँकी : दुई कम्पनीको बुक क्लोज मिति तय

Kumari bank ad

काठमाडौं । चालू आर्थिक वर्षको माघ तेस्रो सातासम्ममा हकप्रद शेयर निष्कासनका लागि ९ कम्पनीले मात्र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् ।

अनुमति पाएकामध्ये चार कम्पनीले हकप्रद शेयर निष्कासन गर्न बाँकी छ आर्थिक अभियान दैनिकमा प्रजिता बुढाथोकिले समाचार लेख्नुभएको छ ।

बोर्डबाट यो अवधिसम्ममा सूर्या लाइफ इन्स्योरेन्स, सिर्जना फाइनान्स, समता लघुवित्त, लुम्बिनी जनरल इन्स्योरेन्स, एनएमबी लघुवित्त, एनएलजी इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले स्वीकृति पाएका हुन् । यीमध्ये एनएलजी, प्रुडेन्सियल, शिखर इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले हकप्रद निष्कासन गर्न बाँकी छ ।

बोर्डबाट स्वीकृति पाएको महीनाभित्र निष्कासन गरिसक्नुपर्ने प्रावधान बमोजिम एनएजलजी र प्रुडेन्सियलले सो अवधिभित्रै हकप्रद जारी गर्ने तयारी गरेका छन् ।

यी दुवै कम्पनीले पुस २९ गते एकै दिन बोर्डबाट स्वीकृति पाएका हुन् । दुवै कम्पनीले ६० प्रतिशतका दरले हकप्रद शेयर जारी गर्न लागेका हुन् । हकप्रद प्रयोजनका लागि दुवै कम्पनीले एकै दिन माघ २७ गते बुक क्लोजको मिति समेत सार्वजनिक गरिसकेका छन् ।

आगामी साताभित्र हकप्रद शेयर आह्वानको सूचना सार्वजनिक गर्ने तयारी दुवै कम्पनीको रहेको सम्बन्धित कम्पनीका विक्री प्रबन्धकहरूले जानकारी दिएका छन् ।

एनएलजी इन्स्योरेन्सले हाल कायम चुक्तापूँजी रू. ६४ करोड ४ लाख ६ हजारको आधारमा ६० प्रतिशत हकप्रद शेयर विक्री गर्नेछ ।

हकप्रद शेयर विक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी क्यापिटलले पूरा गर्नेछ । एनएलजीले रू. १ अर्ब चुक्तापूँजी कायम गर्न हकप्रद जारी गर्न लागेको हो । हकप्रदपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २ करोडभन्दा बढी कायम हुनेछ ।

त्यस्तै प्रुडेन्सियल इन्स्योरेन्सले पनि रू. १ अर्ब चुक्तापूँजी र्पुयाउन हकप्रद शेयरको सहारा लिएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ६४ करोड १५ लाख २० हजार छ । सोही पूँजीको आधारमा ६० प्रतिशत हकप्रद जारी गर्न प्रुडेन्सियलले बोर्डको स्वीकृति पाएको हो ।

हकप्रदपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २ करोड ६४ लाखभन्दा बढी पुग्नेछ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकको जिम्मेवारी एनएमबी क्यापिटलले लिएको छ ।

शिखर इन्स्योरेन्स र गुराँस लाइफले भने माघमा स्वीकृति पाएका हुन् । शिखरले माघ १४ गते र गुराँसले माघ २१ गते स्वीकृति पाएका छन् । यी दुवै कम्पनीले पनि स्वीकृति पाएको २ महीनाभित्र हकप्रद विक्री गरिसक्ने जानकारी दिएका छन्।

शिखरको एनआईबीएल क्यापिटल र गुराँसको एनएमबी क्यापिटलले विक्री प्रबन्धको काम गर्नेछन् । बीमा समितिले तोके बमोजिम पूँजी पु¥याइसकेपछि पनि शिखर इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद जारी गर्न लागेको हो ।

शिखरको हाल रू. १ अर्ब ५ करोड ७३ लाख चुक्तापूँजी रहेको छ । हकप्रदपछि रू. १ अर्ब ३७ करोड ४५ लाख पुग्नेछ । कम्पनीले तोके बमोजिम पूँजी कायम गरिसके पनि व्यवसाय विस्तारका लागि आवश्यक रकम जुटाउन हकप्रद जारी गर्न लागेको जानकारी दिएको छ ।

बीमा समितिले जीवन बीमा कम्पनीका लागि तोकेको रू. २ अर्ब चुक्तापूँजी र्पुयाउने प्रयास स्वरूप गुराँस लाइफ इन्स्योरेन्स अन्तिम चरणमा रहेको छ ।

कम्पनीले हाल कायम रू. ९३ करोड ८५ लाख चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रदपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८७ करोड ७० लाख पुग्नेछ ।

यस कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट १३ दशमलव १० प्रतिशतका दरले बोनस शेयर जारी गर्ने प्रस्ताव गरेको छ । हकप्रद र बोनसपछि भने कम्पनीको चुक्तापूँजी रू. २ अर्ब कायम हुनेछ ।

वि.सं.२०७६ माघ २६ आइतवार ०६:४६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...