back
NMB ad

बीमा कम्पनीले अब साइबर सुरक्षा बीमा गर्नुपर्ने

Kumari bank ad

काठमाडौं । बीमा कम्पनीहरूले अब आफूले प्रयोग गरेका सूचना प्रविधिहरूको साइबर सुरक्षा बीमा गर्नुपर्ने भएको छ ।

बीमा समितिले ‘बीमकको सूचना प्रविधि मार्गदर्शन, २०७६’ लागू गर्न लागेको छ, उक्त मार्गदर्शनको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो ।

उक्त मार्गदर्शन जारी भएपछि बीमा कम्पनीहरूले कुनै पनि निर्जीवन बीमा कम्पनीमा साइबर सुरक्षा बीमा गर्नुपर्ने छ । नेपालमा सञ्चालित सबै पुनर्बीमा, निर्जीवन बीमा र जीवन बीमा कम्पनीले सूचना प्रविधिको बीमा गराउनुपर्ने मस्यौदामा उल्लेख छ ।

यद्यपि, बीमा कम्पनीले आफ्नै कम्पनीमा यस्तो बीमा गर्न पाउने छैनन् । साथै, नेपालभन्दा बाहिरको कम्पनीमा पनि यस्तो बीमा गर्न नपाइने मस्यौदामा उल्लेख छ ।

पछिल्लो समय नेपाली बैंकहरू साइबर हमलाको शिकार बन्दै गएको सन्दर्भमा बीमा कम्पनी पनि यसको जोखिममा पर्न सक्ने भएकाले यस्तो नीति ल्याउन लागिएको हो ।

मस्यौदामा उल्लेख गरिएअनुसार कम्पनीले सूचना प्रविधिका पूर्वाधार र त्यस सम्बद्ध कर्मचारीको तोकिएको मापदण्डअनुसार बीमा गर्नुपर्ने हुन्छ । आर्थिक अभिायनमा समाचार छ ।

वि.सं.२०७६ माघ २६ आइतवार ०६:४७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...