काठमाडौं । आइतवार नेप्से कारोबार भएको पहिलो घण्टामा १० दशमलव १६ अंकले घटेर १ हजार ३२३ दशमलव ५३ विन्दुमा पुगेको छ ।
१ हजार ३३२ दशमलव ९१ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा शून्य दशमलव ७६ प्रतिशत घटेको हो । यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक बाहेक बाँकी ११ समूहको परिसूचक घटेको छ । पहिलो घण्टाको कारोबारमा १३९ ओटा कम्पनीको रू. १५ करोड ५७ लाख बराबरको शेयर कारोबार भएको छ ।
यस अवधिमा ग्लोबल आइएमई बैंककोे सर्वाधिक कारोबार भएको छ । उक्त बैंकको रू. १ करोड १५ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा बैंकको शेयर मूल्य रू. २८१ मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयरको रू. १ करोड १२ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. ५०२ रहेको छ ।
वि.सं.२०७६ माघ २६ आइतवार १२:०७ मा प्रकाशित