कांग्रेसको अवरोधपछि संसद बैठक मंगलबारसम्म स्थगित

काठमाडौं । नेपाली कांग्रेसले अबरोध गरेपछि प्रतिनिधिसभा बैठक २८ माघसम्मलाई स्थगित गरिएको छ ।

उपसभापति एवम् संसदीय दलका उपनेता बिजयकुमार गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि कांग्रेसले संसद अवरोध गर्दै आएको छ । यसअगाडि दुई पटक कांग्रेसले संसद अवरोध गरिसकेको छ ।

आइतबारको बैठक पनि अवरोध गरेपछि २८ माघसम्मलाई बैठक स्थगित गरिएको छ । कांग्रेसका सचेतक पुष्पा भुसाल र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचेतक शान्ता चौधरीले बोल्न समय मागेकी थिइन् ।

तर, सभामुख अग्निप्रसाद सापकोटाले दुवैलाई बोल्न समय दिएनन् । अदालतको गएको विषयमा संसद अवरोध नगर्न आग्रह गर्दै सभामुख सापकोटाले बैठक स्थगित भएको जानकारी दिए ।

२०७६ माघ २६ गते १३:३३ मा प्रकाशित

You can share this post!

तयारी नगरी बजेट दिँदा पूँजीगत खर्च भएन– उपाध्यक्ष कँडेल 'राष्ट्रिय योजना आयोग'

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत

Related posts