काठमाडौं । राष्ट्रिय योजना आयोगले आयोजना बैंक सूचना प्रणाली सुरु गरेको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा आयोग अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्रणाली उद्धघाटन गर्नुभएको हो ।
कुनै पनि आयोजनामा बजेट बिनियोजन हुनुपूर्व आयोजना बैंकमा प्रविष्ट हुनुपर्ने कानुनी व्यवस्था छ । आयोजना बैंकको सूचना प्रणालीले विभिन्न निकायले प्रस्ताव तथा तयारी गरेका र कार्यान्वयनका चरणमा रहेका सबै आयोजना प्रणालीमा आबद्ध हुने आयोगका सदस्य सुशील भट्टले जानकारी दिनुभयो ।
यसका लागि मार्गदर्शन बनाइएको तथा सञ्चालनका लागि सम्बन्धित मन्त्रालय तथा विभागका उत्तरदायी अधिकारीहरुलाई तालिम पनि दिइएको उहाँले जानकारी दिनुभयो ।
यस्ता राष्ट्रिय बैंकका उद्देश्यहरु :
तथ्यपरक र मापदण्डमा आधारित आयोजना पहिचान, छनोट तथा मुल्याङ्कन प्रक्रिया तथा प्राथमिकीकरण गर्ने प्रणालीको विकास र अभ्यास गर्नु गराउनु, तथा आयोजना बैंकका सिद्धान्त र मान्यता अनुरुप प्रदेश र स्थानीय तहहरुमा समेत त्यस्तो प्रणालीको स्थापना गर्ने आवश्यक सहजीकरण गर्ने प्रमुख उद्देश्य रहेका छन ।
वि.सं.२०७६ माघ २६ आइतवार १७:०८ मा प्रकाशित