को बन्ला नयाँ आइजीपी ? यस्तो छ संकेत !

काठमाडौं । प्रहरी महानिरिक्षक ( आइजीपी) सर्वेन्द्र खनालको कार्यकाल सकिन १ दिन मात्रै बाँकी छ ।

खनाल २०७४ फागुन २८ मा नेपाल प्रहरीको आइजीपी बनेका थिए । ३० वर्षे सेवा अवधिका कारण उनको कार्यकाल भोलि सकिदै छ ।

तर, भावी आइजीपी को भन्ने बारे अहिलेसम्म सरकारले निर्णय गर्न सकेको छैन् । खनालसँगैं १८ डीआइजी र तीन एआइजीले पनि अवकाश पाउँदैं छन् ।

त्यसैले खनालपछि नेतृत्वको दाबेदारमा वरिष्ठ तीन डीआइजी छन् । प्रदेश १ का ठाकुर ज्ञवाली, सूदुरपश्चिम प्रदेशका तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका सूर्यप्रसाद उपाध्याय ।

उनीहरुको ३० वर्षे अवधि असार २४ मा सकिने छ । तीनैजना वरियतामा क्रमशः १, २ र ३ नम्बरमा छन् । उनीहरु आइजीपी खनालका वैकल्पिक ब्याची हुन् ।

सामान्य अवस्था र स्वभाविक नेतृत्व चयन प्रणलीमा हो भने वरिष्ठ एआइजी नै आइजीपी हकदार हो । कान्तिपुर दैनिक बाट ।

२०७६ माघ २७ गते ०५:५६ मा प्रकाशित

You can share this post!

आयोजना बैंकको शुभारम्भ, अब हामी नयाँ युगमा अगाडी बढ्यौं : प्रधानमन्त्री ओली

१२० जना अधिकृत अझै अलपत्र

Related posts