काठमाडौं । लोक सेवा आयोगले एक जरुरी सूचना जारी गरेको छ । आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले पुनर्योग नतिजा सम्वन्धी सूचना निकालेको हो ।
आयोगले विभिन्न कार्यालयबाट संचालित आर्थिक योजना तथा तथ्याङ्क र इञ्जिनियरिङ सेवा, पाँचौ तहको पुनर्योग नतिजा सार्वजनिक गरेको हो ।
आयोगका अनुसार विभिन्न पदको विभिन्न मितिमा प्रकाशित लिखित परीक्षाको नतिजा चित्त नबुझाई उम्मेदवाहरुले पुनर्योग गराई पाउँ भनि पेश गरेको निवेदन उपर कारबाही हुँदा साविको नतिजामा कुन पनि परिवर्तन नभएको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७६ माघ २७ सोमवार ०९:३० मा प्रकाशित