डिसहोममा ‘डिलर दाइको डिस्काउन्ट’

काठमाडौं । डिसहोमले ‘डिस होममा डिलर दाइको डिस्काउन्ट’ नामक अफर ल्याएको छ ।  ग्राहकलाई अझै बढी सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले ल्याइएको यस योजनामा डिसहोमको डिलरमार्फत् फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरेबापत एड अन प्याकेजसहित साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर पाउनेछन् ।

योजनाअनुसार सातामा साप्ताहिक लक्की ड्रबाट छानिएका २ जनाले प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद उपहार जित्न सक्नेछन् । कार्यक्रम २०७६ माघ २७ बाट वार्षिक रिचार्ज गर्ने ग्राहकका लागि मात्र लागु हुनेछ ।

साप्ताहिक लक्की ड्र २०७६ फागुन २ गतेबाट डिसहोमको सो–केस च्यानल नं. १०० मा प्रत्येक शुक्रबार बेलुका ५ बजे प्रत्यक्ष प्रशारण गरिनेछ ।

डिसहोमका अनुसार प्रत्येक साताको शुक्रबारदेखि बिहीबारसम्म वार्षिक रिचार्ज गर्ने ग्राहकलाई आउने शुक्रबारको लक्की ड्रमा समावेश गरिनेछ । लक्की ड्रमा समावेश भएका ग्राहकको डिसहोम सेट–टप बक्सको क्यास आईडीको आधारमा विजेताको घोषणा गरिनेछ ।

२०७६ माघ २७ गते १२:१४ मा प्रकाशित

You can share this post!

शेयर बजारको अपडेट : पहिलो घण्टामा ४.२३ अंकले घट्यो नेप्से

शेयर बजारको अपडेट : पहिलो घण्टामा ४.२३ अंकले घट्यो नेप्से

Related posts