दोस्रो घण्टामा १.१८ अंकले बढ्यो नेप्से

काठमाडौं । सोमवार नेप्से कारोबार भएको दोस्रो घण्टामा १ दशमलव १८ अंकले बढेर १ हजार ३२१ दशमलव १७ विन्दुमा पुगेको छ ।

१ हजार ३२० दशमलव ७७ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा शून्य दशमलव शून्य ९ प्रतिशत बढेको हो ।

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ । दोस्रो घण्टाको कारोबारमा १६१ ओटा कम्पनीको रू. ३३ करोड ७० लाख बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ८ करोड १५ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. ५६० मा कारोबार भइरहेको छ ।

२०७६ माघ २७ गते १२:५६ मा प्रकाशित

You can share this post!

शिक्षाका चार नयाँ ऐन आउँदै

नेपाल टेलिकम गल्याङ शाखाले निःशुल्क बाँड्यो २५ सय सिम

Related posts