back
NMB ad

एनआईसी एशिया बैंकको ‘भ्यालेन्टाइन डे’ अफर

Kumari bank ad

काठमाडौं । एनआईसी बैंकले भ्यालेन्टाइन डे लक्षित गरि बैंकको मोबाइल बैंकिङ्ग एप मोबैंकमार्फत कारोबार गर्ने ग्राहकहरुलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डे को दिन निःशुल्क डिनरको अफर ल्याएको छ ।

जसअन्तर्गत ११ फेब्रुअरी देखि १३ फेब्रुअरी अर्थात माघ २८, २९ र ३० गते सम्म एनआईसी एशिया बैंकको मोबाईल बैंकिङ्ग एप “मोबैंक” कारोबार गर्ने २० भाग्यमानी ग्राहक महानुभावहरुले आफ्नो प्रेमी–प्रेमीका तथा जीवन साथीसँगै सोल्टीमा विशेष डिनर गर्न पाउनेछन् ।

यस बैंकको मोबाईल बैंकिङ्ग एपमोबैंकमार्फत कुनै पनि भुक्तानी जस्तै क्यूआर पेमेन्ट, बिजुली बिल भुत्तानी, मोबाइल टपअपलगायतका सेवाहरुमा जतिसुकै रकमको कारोबार गर्ने २० जना भाग्यमानी ग्राहक महानुभावलाई भ्यालेन्टाइन डे कै दिन डिनरको कुपन प्रदान गरिनेछ ।

तर यसमा इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता दिने छैन । यसको नतिजा बैंकले आफ्नोे फेसबुक पेज तथा जित्नुहुने ग्राहकहरुलाई फोनमार्फत जानकारी दिनेछ ।

डिनर जित्ने ग्राहकले आफ्नो कुपनसहित भ्यालेन्टाइन डे को दिन अर्थात फेब्रुअरी १४ मा सोल्टी क्राउन प्लाजा होटलमा भब्य डिनर गर्न पाउनेछन् ।

बैंकले यो विशेष योजनाले नेपाल सरकारको ‘डिजिटल नेपाल’ को लक्ष्यलाई टेवा पु¥याउने विश्वास लिएको छ । यस्ता अफरहरुले आमजनमानसलाई डिजिटल बैंकिङ्ग प्रती लालायीत गर्ने र नगद भन्दा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने विश्वास बैंकको रहेको छ ।

बैंकले यस्ता थुप्रै अन्य योजनाहरु ल्याइसकेको छ भने भविष्यमा पनि यस्ता कार्यलाई निरन्तरता दिने जानकारी गराएको छ । साथै बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई विभिन्न क्यास व्याक अफर नियमित रुपमा दिइरहेको छ ।

वि.सं.२०७६ माघ २७ सोमवार २०:४१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...