यी दुई वित्तीय संस्था एक आपस गाभिने, स्वाप रेशियो कति ? यस्तो भयो सम्झौता (सूचनासहित)

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले जनकपुर लघुवित्तलाई प्राप्ति गर्ने भएको छ । काभ्रेको बनेपा नगरपालिका– ५ मा रिजष्टर्ड कार्यालय रहेको स्वरोजगार लघुवित्तले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–४ मा रजिष्टर्ड कार्यालय रहेको जनकपुर लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने विषयमा मंगलवार सम्झौता गरेको हो ।

स्वरोजगारले जनकपुर लघुवित्तलाई प्रतिकित्ता रू.७० सम्मको स्वाप रेशियो दिने गरी सम्झौता भएको बताइएको छ । तर डीडीए प्रतिवेदनका आधारमा शेयर स्वाप रेशियोको अन्तिम निर्णय हुने स्वरोजगार लघुवित्तले बताएको छ ।

स्वरोजगार लघुवित्तको चुक्तापूँजी रू.३४ करोड १६ लाख रहेको छ भने जनकपुर लघुवित्तको चुक्तापूँजी रू.३ करोड ४७ लाख ५० हजार रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट आव २०७५/०७६ मा घ वर्गको कारोबार गर्ने गरी इजाजत पाएको जनकपुर लघुवित्तले पहिलो साधारण सभामार्फत मर्जर वा प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो ।

२०७६ माघ २९ गते १२:४० मा प्रकाशित

You can share this post!

'एमसीसी : पाँच भ्रम र यथार्थ'

सेञ्चुरी कमर्शियल बैंकले २५.५३ प्रतिशत नाफा बढायो, यस्तो छ बैंकको वित्तीय विवरण

Related posts