back
NMB ad

कृषि विकास बैंकको ऋणपत्र बाँडफाँट

Kumari bank ad

काठमाडौं । कृषि विकास बैंकको ऋणपत्र बाँडफाँट भएको छ । बैंकले सार्वजनिक निष्कासनमार्फत माघ १४ देखि १७ गतेसम्म विक्री गरेको र व्यक्तिगत तवरमार्फत आंशिक रुपमा माघ २७ गते ऋणपत्र बाँडफाँट गरेको हो ।

सात वर्षे अवधिको वार्षिक १० दशमलव ३५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गर्ने गरी बैंकले २५ लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको थियो ।

जसमध्ये व्यक्तिगत तवरमार्फत १५ लाख कित्ता र १० लाख कित्ता सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणका लागि विक्री गरेको हो । व्यक्तिगत तवरमार्फत आवेदन गर्ने आवेदकहरुले आंशिक बाँडफाँटमा नपरेको ऋणपत्र बापतको रकम फागुन १ गतेदेखि फिर्ता भुक्तानी पाउनेछन् ।

बैंकको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलबाट ‘एकाउण्ट पेइ’ चेकमार्फत उक्त रकम फिर्ता भुक्तानी गरिने बैंकले सूचना मार्फत जानकारी गराएको छ ।

वि.सं.२०७६ माघ २९ बुधवार १०:५१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...