काठमाडौं महानगरभित्र रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन हुने

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र अब रात्रिकालिन सार्वजनिक सञ्चालन हुने भएको छ ।

सहरी यातायात सेवालाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुनालाई समेत थप सहज बनाउन काठमाडौं महानगरपालिका क्षेत्रभित्र रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन गरिने भएको हो ।

बुधबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अगुवाइमा विभिन्न सरोकारवाला निकायसँग भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो ।

विगतमा २०६९ साल भदौ १ गतेदेखि काठमाडौं महानगरपालिकाको केही आर्थिक अनुदानमा रात्रिकालिन सार्वजनिक यातायात सञ्चालनमा आए पनि १८ महिना सञ्चालनमा आएपछि महासंघले सेवा बन्द गरेको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

२०७६ फागुुण १ गते ०७:२१ मा प्रकाशित

You can share this post!

नायिका महिमा सिलवालको सवारी दुर्घटनामा मृत्यु

जितपुरमा सिभिल बैंकको १०७ औं शाखा

Related posts