काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक शेयरधनी शक्ति कुमार गोल्याणको स्वामित्वमा रहेको संस्थापक शेयरको बाँडफाँट गरेको छ ।
बैंकले माघ १५ गतेदेखि २२ गतेसम्म ३ लाख ७० हजार ३५६ कित्ता शेयरको लागि बोलपत्र आव्हान गरेको थियो । बैंकले माघ २८ गते प्रचलित कानून बमोजिम उक्त लिलामी शेयरको बाँडफाँट गरेको हो ।
साथै, बाँडफाँटमा नपरेका शेयरधनीको शेयर बापतको रकम बिहीवारदेखि बैंकले आवेदकले फारममा उल्लेख गरेको बैंक खातामा आईपीएस मार्फत जम्मा गरीदिने भएको छ । बैंकको विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७६ फागुन १ बिहीवार १०:१९ मा प्रकाशित