पहिलो घण्टामा २.२१ अंकले बढ्यो नेप्से, नागरिक लगानी कोषको सर्वाधिक कारोबार

काठमाडौं । बिहीवार नेप्से कारोबार भएको पहिलो घण्टामा २ दशमलव २१ अंकले बढेर १ हजार ३४८ दशमलव १८ विन्दुमा पुगेको छ । १ हजार ३४६ दशमलव ४५ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा शून्य दशमलव १६ प्रतिशत बढेको हो ।

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये बैंकिङ, विकास बैंक उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको परिसूचक बाहेक बाँकी ८ समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो ।

बिहीवार पहिलो घण्टाको कारोबारमा १५१ ओटा कम्पनीको ३ हजार २५८ पटकको कारोबारमा ६ लाख ७७ हजार ९९७ कित्ताको रू. ३३ करोड ९१ लाख बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिमा नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २ करोड ४० लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. २ हजार ८४७ मा कारोबार भइरहेको छ ।

२०७६ फागुुण १ गते १२:०६ मा प्रकाशित

You can share this post!

एक हजार रुपैयाँले बढ्याे सुनको भाउ, आज प्रतितोला कति ?

यस्तो छ लोकसेवा आयोगद्वारा भर्खरै जारी नयाँ सूचना

Related posts