यस्तो छ पशुपति शर्माको ‘लुट्न सके लुट’ भाग–२ (भिडियो सहित)

काठमाडौं । चर्चित लोकगायक पशुपति शर्माले ‘लुट्न सके लुट’ भाग–२ गीत ल्याएका छन् । जता नी चोर…बोलको शर्माको गीत बिहीबार मात्रै युट्युबमा सार्वजनिक भएको हो ।

उनले यसअघि ल्याएको ’लुट्न सके लुट’ गीतका केही दृश्य र शब्दका कारण विवादति बनेको थियो । जता नी चोर गीतको रचना संगीत पनि गायक शर्मा आफैंले गरेका हुन् । एरेन्ज केशब बडुले गरेका छन् ।

यस गीतामा पनि पशुपति शर्माले नेपालको राजनीति, प्रशासन क्षेत्रमा रहेको विकृतिको कुरा उठाएका छन् । उनले नेपाली समाजमा रहेको विकृति, काम नगर्ने तर हल्ला बढी गर्ने प्रवृत्ति आदिलाई पनि ब्यङ्ग्य गरेका छन् ।

अन्तिममा उनले नेपाल भ्रमण वर्षलाई सबै मिलेर सफल बनाउन आह्वानसमेत गीतमार्फत गरेका छन् । समय सान्दर्भिक विषयवस्तुलाई लोक भाकामा ढालेर गीत बनाउने पशुपति शर्मा गतसालको चर्चिच गीत लुट्न सके लुट गीत कै भाग दुई रहेको उल्लेख गरेका छन् ।

भिडियोका लागि :

२०७६ फागुुण २ गते ०५:१४ मा प्रकाशित

You can share this post!

लोकसेवाले प्रकाशन गर्यो एकमुष्ट योग्यताक्रम सूचि, सिफारिस पत्र वितरण कहिले ?

सस्तियो प्याजको भाउ, लसुनको कारोबार ठप्प

Related posts