back
NMB ad

मायाघर नेपाललाई सिटिजन्स बैंकको सहयोग

Kumari bank ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इटहरीस्थित मायाघर नेपाललाई ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

मानसिक स्वास्थ्यमा समस्या भएको तथा सडकमा बेबारिसे भई जीवन र मृत्युको दोसाँधमा जीवन बिताइरहेका मानवलाई पुर्नस्थापना गरी सीपमूलक तालिम सञ्चालन गर्दै माया दिने छहारीमा राख्ने तथा पुनर्मिलन गराई जीवन दर्शन तथा आध्यात्मिक ज्ञानको मध्यमबाट समाजलाइ सुसंस्कार तर्फ डो¥याउने उद्देश्यले मायाघर नेपाललाई उक्त सहयोग रकम प्रदान गरिएको हो ।

हाल मायाघरमा विभिन्न उमेर समूहका असमर्थ अशक्त, अपांग र मानसिक सन्तुलन गुमेर सडकमा आएका ५४ जनालाई उद्धार गरी औषधोपचारसहित गाँस, बाँसको व्यवस्था गर्दै आइरहेको छ ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी पनि दिएको छ ।

बैकले मुलुकभर फैलिएका ८९ शाखा, ९० एटीएम र १०३ शाखारहित बैंकिङ एकाइबाट करिब ५ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्बा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने सुविधा उपलब्ध गराउँदै आएको छ ।

सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगीकार गर्दै बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने प्रविधिमैत्री योजनासमेत सञ्चालनमा ल्याएको विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७६ फागुन २ शुक्रवार १२:४३ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...