संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन स्थगित भएको छ । शुक्रबार २ बजे प्रतिनिधिसभा बैठकमा हुने भनिएको सम्बोधन शनिबारको लागि सारिएको छ ।

प्रधानमन्त्रीका केपी शर्मा ओलीका प्रेस सल्लहकार सुर्य थापाका अनुसार नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि सम्बोधन स्थगित भएको हो।

‘ प्रधानमन्त्री ओलीको आज २ बजे प्रतिनिधिसभामा सम्बोधन गर्न निर्धारित कार्यक्रम संघीय संसदका बहालवाला माननीय सदस्यको असामयिक निधनका कारण स्थगित भयो’ थापाले भन्नुभयो ‘प्रधानमन्त्रीको सम्बोधन भोलि ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा हुनेछ।’

लामो समयदेखि क्यान्सर रोगबाट थलिएका उपाध्यायको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित आफ्नै निवासमा निधन भएको हो।

२०७६ फागुुण २ गते १३:५१ मा प्रकाशित

You can share this post!

भर्खरै आयो लिखित परीक्षाको नतिजा, को–को भए उत्तीर्ण ? (नामावलीसहित)

स्थायी नियुक्ति सम्वन्धी लोकसेवाले भर्खरै निकाल्यो यस्तो सूचना

Related posts