काठमाडौं । काभ्रेको बनेपामा जिपको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।
बनेपा नगरपालिका–१३ स्थित सडकमा बा १९ च १३२३ नम्बरको जिपले शुक्रबार दिउँसो ठक्कर दिँदा प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेजबहादुर गुरुङको मृत्यु भएको हो ।
भक्तपुरबाट पाँचखालतर्फ जाँदै गरेको जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७६ फागुन २ शुक्रवार १५:०१ मा प्रकाशित