यसकारण अब शिक्षकले दुई सय पूर्णाङकको परीक्षा लेख्नै पर्ने !

काठमाडौं । खुला प्रतिस्पर्धाबाट सरकारी विद्यालयको शिक्षक बन्न चाहनेले दुई सय पूर्णाङकको परीक्षा दिनुपर्ने भएको छ।

यस्ता विद्यालयका लागि शिक्षक छानेर सिफारिस गर्ने निकाय शिक्षक सेवा आयोगले परीक्षाको पाठ्यक्रम संशोधन गरेको छ । यसअघि एक सय पूर्णाङकमात्रै रहेको पाठ्यक्रमलाई दुई सय पूर्णाङक बनाइएको हो ।

आयोग अध्यक्ष ताना गौतमले नयाँ पाठ्यक्रमबाट परीक्षा दिएर आउने शिक्षकहरु विगतको भन्दा प्रतिस्पर्धी हुने बताए । विषयगत रुपमा खारिएका व्यक्ति मात्र शिक्षक बन्ने आयोगको विश्वास छ ।

आयोगले अबदेखि प्रकाशन गर्ने खुल्ला प्रतिस्पर्धा सम्बन्धी परीक्षामा संशोधित पाठ्यक्रम लागु हुनेछ । सरकारी विद्यालयको पाढई स्तरिय नबन्नुका विभिन्न कारणमध्ये कमजोर शिक्षक पनि एउटा कारण रहेको आरोप लाग्ने गरेको छ ।

२०७६ फागुुण २ गते १५:३४ मा प्रकाशित

You can share this post!

हिमालयन बैंकका सीईओ राणाको छैन सञ्चय कोष सुविधा ! कति बुझे तलब भत्ता ?

पूर्वसचिव पत्नीको पोस्टमार्टम रिपोर्ट : मुनाको मृत्युको कारण ‘लिगेचर स्ट्रेङ्‌गुलेसन’

Related posts