काठमाडौं । लोक सेवा आयोगले भर्खरै फेरि लिखित नतिजा सार्वजनिक गरेको छ । आयोगले शनिबार एक सूचना निकाल्दै लिखित नतिजा सार्वजनिक गरेको जानकारी दिएको छ ।
आयोगको महेन्द्रनगर कार्यालयको स्थानीय तह तर्फ खुला, विविध सेवा, ४ तह, सहायक महिला विकास निरीक्षक पदको लिखित नतिजा निकालेको हो ।
लिखित परीक्षा सफल भएका उम्मेदवारहरु तोकिएको मिति, समय र स्थानमा कम्प्युटर सीप परीक्षण तथा अन्तर्वार्तामा आउँदा आवश्यक कागजातसहित उपस्थित हुनलका लागि आयोगले अनुरोध समेत गरेको छ ।
हेर्नुहोस् नतिजा :
वि.सं.२०७६ फागुन ३ शनिवार ११:५७ मा प्रकाशित