काठमाडौं । मंगलवार नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको शेयर सूचीकृत भएको हो ।
यूनाइटेड इन्स्योरेन्सको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको १ करोड २२ लाख ७६१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत भएको उक्त शेयर अब लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन्
वि.सं.२०७६ फागुन ६ मंगलवार १४:१७ मा प्रकाशित