back
NMB ad

सरकारको आलोचना मात्र गर्नेलाई कामको परिणामले जवाफ दिन थालीसकेको छ : मुख्यमन्त्री पौडेल

Kumari bank ad

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रजातन्त्र प्राप्तिका लागि संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने सम्पुर्ण ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री पौडेलले विभिन्न आन्दोलनमार्फत प्राप्त जनादेशअनुरुप देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

प्रजान्त्र प्राप्तिका लागि भएको संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने ती महान वीर वीराङ्गनालाई जति गरेपनि कम हुनेहुँदा उनीहरुको योगदानको अबमुल्यन गरे इतिहासले हामीलाई कहिलेपनि क्षमा गर्दैन– मुख्यमन्त्री पौडेलले भन्नुभयो ।

साथै विभिन्न कालखण्डमा भएका आन्दोलनबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिहरू संस्थागत हुने क्रम तथा नयाँ संविधानको पूर्ण कार्यान्वयनमा पुगेको उहाँको भनाई छ । प्रजातन्त्र ल्याउन शहीद भएका नेपाली आमाका सन्तानहरुका अधुरा सपना पूरा गर्न सरकार सदैब लागि परेको पौडेलले बताउनुभयो । यस सकारात्मक सोचका साथ अगाडि बढ्न सबैले आआफ्नो स्थानबाट भूमिका खेल्नुपर्दछ ।

‘देशलाई लामो समयसम्म निरङ्कुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने मात्र नभई उनीहरुको सम्मानमा सम्मानमा हाम्रो शिर सधैं झुक्ने गर्दछ–मुख्यमन्त्री पौडेलले भन्नुभयो ।’

संविधान जारी भएसँगै निर्बाचन मार्फत संघीय, प्रदेश तथा स्थानिय तह गठन भईसकेका छन् । नयाँ ब्यबस्था, नयाँ अनुभबको प्रदेश सरकार गठन सबैका लागि नौलो छ, पौडेलले भन्नुभयो आर्थिक, सामाजिक रूपान्तरणसहित आमजनताको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ गठन भएको वर्तमान सरकार विकास र समृद्धि ल्याउनेमा दृृढ रहेको विश्वास दिलाउन चाहन्छु । आन्दोलनको परिणाम स्वरुप आएको संघीयता कार्यान्वयनको महत्वपूर्ण क्षणमा हामी छौं, सर्बसम्मतबाट प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम भएको छ ।

पौडेलले सरकारले प्रदेशको गौरब एबम् गेम चेन्जर योजना पोष्ट बहादुर बोगटी भिमफेदी–कुलेखानी सुरुङ मार्ग, प्रदेश चक्रपथ निर्माण योजना, एकिकृत बस्ती विकास, आवश्यक ५० वटा कानुन निर्माण, १० जिल्लाका ४७ वटा प्रहरी इकाई भवनहरूको निर्माण, २ वटा प्रदेश स्तरीय औद्योगिक क्षेत्र र औद्योगिक करिडोर स्थापनाको तयारी, एक स्थानीय तह एक ग्राम उद्योग, ८ वडा हिलस्टेसन घोषणा, केन्द्रिय खेलकुद प्रतिष्ठान हेटौँडामा रंगशाला निर्माण, प्रदेशलाइ फलफुलमा आत्मनिर्भर वनाउने कार्यक्रम अभियान, दुई वर्षमा ५९ वटा जडीबुटी संकलन तथा भण्डारण केन्द्र स्थापना, बिद्युतिय बस संचालन, यायातात निगम स्थापना लगायतका योजनाहरुको काम भैरहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

यस्तै सरकारले सडकमा मागेर या भनौं अपहेलनामा परेर बस्नु नपरोस भनेर सहयोगापेक्षी सडक मानव मुक्त प्रदेश बनाउने योजना अगाडि सारेको मुख्यमन्त्री पौडेले बताउनुभयो ।

मानव सेवा आश्रम र स्थानीय तहसंग समन्वय गरेर हामीले मकवानपुर जिल्ला, भरतपुर महानगरपालिका सहयोगापेक्षि सडक मानबमुक्त घोषणा साथै चितवनसहित काठमाण्डौ महानगरलाई सयोगापेक्षि सडक मानब मुक्त बन्ने अबस्थामा पुर्याएको मुख्यमन्त्री पौडेलले बताउनुभयो।

सोही अवसरमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम, एब बिद्यालय एक नर्स कार्यक्रम, आगामी आर्थिक बर्षबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना देखी अध्ययन अध्यापन कार्य सुरु गर्ने, शिक्षा क्षेत्रमा गुणस्तरीयता र निरन्तरताका लागि छोरी वुहारी उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम, सामुदायिक विद्यालयहरुमा ई–लाइब्रेरी, युवा बैज्ञानिक प्रोत्साहन कोष, सामुहिक खेति, दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध कृषकहरुलाइ दूधमा प्रति लि १ रुपैया अनुदान, १० जिल्लाका १३ स्थानमा कोल्ड स्टोरेज निर्माण, लिफ्ट सिंचाई प्रणालीलाई अगाडि बढाइएको पौडेलले जानकारी गराउनुभयो ।

‘सरकार गठनपश्चात आर्थिक रुपान्तरणको सत्य छर्लङ्ग छ–मुख्यमन्त्री पौडेलले भन्नुभयो । परिवर्तनका सम्बाहकहरु तथ्याँकीय रुपमा परिबर्तन हुन थालेको उहाँले बताउनुभयो । मित्रराष्ट्र चिनसंग जोडिएको केरुङ नाका अब भौगोलिक जटिलताका कारणले रोकिने छैन । भर्खर मात्र सकिएको अध्ययनले मित्र राष्टङ चीनको सहयोगले दु्रत मार्ग र सुरुङ मार्गले सहजता हुन्छ भन्ने देखाउने छ’–’मुख्यमन्त्री पौडेलले भन्नुभयो ।’ सरकारले काम गरेन भनेर आलोचना मात्र गर्नेहरुको लागि सरकारको कामको परिणामले जवाफ दिन थालीसकेको बताउनुभयो ।

‘हामीले कल्पना मात्र गर्ने पानीजहाज र सुरुङ मार्गको कुरा अब परिणाममा आउने छ । २ बर्षमा यी कुराहरु सम्भब हुनेछन्, मुलुक नयाँ दिशामा अगाडि बढेको प्रत्यक्ष महसुुुस हुनेछ । कामका परिणामहरु खोज्न टाढा जानु पर्दैन, आँगन आँगनमा यसको परिणामहरु देखिन र सुनीन थालेको छ पौडेले भन्नुभयो ।’

पौडेलले  सिमित स्रात र साधनको अधिकतम उपयोग गरी आर्थिक बृद्धिदर बढाउनु पर्नेमा जोडदिनुभयो । उहाँले स्रोत साधनले मात्र नपुग्ने भएकोले देश र बिदेश तथा नीजि क्षेत्रको सहयोगमा यसको उपयोग गरेर मात्र लक्षित स्थानमा पुग्न सकिनेमा जोडदिनुभयो । सम्पूर्ण नेपालीहरुको चाहना सम्बृद्ध नेपाल सुखी नेपाली अभियानलाई पुरा गर्न यो कम्युनिष्ट सरकार लागिरहेको पौडेलले बताउनुभयो ।

वि.सं.२०७६ फागुन ७ बुधवार ११:४४ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...