यो साता शेयर बजार नियमित रुपमा उकालो : बुधबार ५.२४ अंकले बढ्यो, दुई कम्पनीमा लोभिए लगानीकर्ता

काठमाडौं । शेयर बजार ५.२४ अंकले बढेर नेप्से परिसूचक १ हजार ४०४ अंकमा पुगेको छ । यो साता नियमित रुपमा शेयर बजार उकालो लागेको छ । बुधबार १ अर्ब ६९ करोड ३९ लाख रुपैयाँ बराबरको ३४ लाख १३ हजार ९०६ कित्ता सेयर कारोबार भएको छ ।

बुधबार शिवम सिमेन्ट लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । शिवमको प्रतिकित्ता ६३८ रुपैयाँमा १४ करोड ५४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

यस्तै हिमालयन डिस्टलरी लिमिटेडको १ हजार ५५० रुपैयाँमा १२ करोड ४२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको ५२९ रुपैयाँमा ६ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बुधबार बैंकिङ, वित्त, बीमा र म्युचअल फण्डको परिसूृचक घटेको छ । व्यापार, विकास बैंक, होटल, जलविद्युत, लघुवित्तको सेयर मूल्य बढेको छ । सामुदायिक लघुवित्त, बोटलर्स नेपाल तराइ र कालिका लघुवित्तका लगानीकर्ताले कमाएका छन ।

२०७६ फागुुण ७ गते १५:२६ मा प्रकाशित

You can share this post!

हेर्नुहोस् ! लोकसेवा आयोगले भर्खरै निकालेको विभिन्न जरुरी सूचनाहरु

भर्खरै आयो लिखित परीक्षाको नतिजा, को–को भए उत्तीर्ण ? (नामावलीसहित)

Related posts