काठमाडौं । साताको अन्तिम कारोबार दिन पुँजी बजार मापक नेप्से २९.३२ अङ्कले बढेको छ । नेप्से बढेर १४३४.५७ अङ्कमा पुगेको छ ।
विहीबार जीवन बिमा कम्पनी समूहको सूचक सबैभन्दा बढी ३८५.३९ अङ्कले बढ्यो । साथै, निर्जीवन बिमा कम्पनी समूहको सूचक पनि ३७४.०१ अङ्कले उकालो लाग्यो ।
यसैगरी, अन्य समूहको सूचक पनि ९.०३ अङ्कले, जलविद्युत् समूहको सूचक १३.९२ अङ्कले, विकास बैंक समूहको सूचक १०.०४ अङ्कले, माइक्रोफाइनान्स समूहको सूचक १५९.३९ अङ्कले, उत्पादन तथा प्रशोधन कम्पनी समूहको सूचक ९७.२६ अङ्कले, होटल समूहको सूचक ४९.२७ अङ्कले र बैकिङ समूहको सूचक ७.९ अङ्कले बढ्न पुग्यो।
१२ वटा समूहका सूचकमध्ये १० समूहको बढेको छ भने २ समूहको सूचक घटेको छ । आज सबैभन्दा बढी टेड्रिङ कम्पनी समूहको सूचक ९.८५ अङ्कले घट्न पुग्यो । यसैगरी, म्युचुअल फन्डको सूचक ०.०४ अङ्कले घट्न पुग्यो ।
हिजोको तुलनामा आज बढी रकमको सेयर किनबेच भएको छ । हिजो १ अर्ब ६२ करोड ८८ लाख ४१ हजार रुपैयाँको सेयर खरिद बिक्री भएकोमा आज २ अर्ब ७८ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
विहीबार शिवम् सिमेन्टको सेयर सबैभन्दा बढी १७ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रो बढी रकमको कारोबार हिमालयन डिस्टिलरीको १२ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
तेस्रो बढी कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्सको कम्पनीको १२ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
वि.सं.२०७६ फागुन ८ बिहीवार १५:५० मा प्रकाशित