back
NMB ad

सानिमा बैंकको वित्तीय अगुवाइमा पाँच तारे होटल तथा रिसोर्ट स्थापना हुँदै

Kumari bank ad

काठमाडौं । ओमस्टोन एसिया क्यापिटल नेपाल प्रा. लि (ओएसीएनपिएल) ले धुलिखेलमा सुविधा सम्पन्न पाँचतारे होटल तथा रिसोर्ट स्थापना गर्न वित्तीय व्यवस्थापन भएको छ ।

दुसित थानी हिमालयन रिसोर्ट एन्ड स्पा स्थापनाका लगानीका लागि सहवित्तीयकरण अन्तर्गत सानिमा बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक सहभागी ऋण सम्झौता सम्पन्न भएको छ ।

सो परियोजना निर्माणको अनुमानित लागत एक अर्ब २७ करोड रुपैयाँ रहेको छ । ओएसीएनपिएलले दुसित थानी हिमालयन रिसोर्ट तथा भिल्ला व्यवस्थापन र सञ्चालनको लागि दुसित इन्टरनेसनलसँग सहकार्य गर्नेछ । दुसित इन्टरनेसनल थाइल्यान्डको प्रख्यात हस्पिटालिटी तथा शैक्षिक क्षेत्रसँग सम्बन्धित ब्रान्ड हो ।

विगत ६५ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा विश्वस्तरीय सेवा दिँदै आइरहेको दुसित इन्टरनेसनलको हाल १८ वटा देशमा २९ वटा होटल तथा रिसोर्ट सञ्चालनमा रहेको जनाइएको छ ।

अस्ट्रेलिया, नेपाल, भुटान, चीन, इन्डोनेसिया, केन्या, म्यानमार, ओमन, फिलिपिन्स, कतार, साउदी अरब, सिंगापुर, टर्की र युएई जस्ता देशमा ५२ वटा प्रोजेक्ट निर्माणको योजनामा रहेको जनाइएको छ ।

वि.सं.२०७६ फागुन ८ बिहीवार १६:५४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...