काठमाडौं । एनआईसी एसिया बैंकले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा भएको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले सूर्या लाइफमा रहेको ५५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
सेयरको न्युनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ । फागुन १३ गतेसम्म प्रस्ताव पेश गर्न एनआईसीले भनेको छ । बिक्री प्रवन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।
वि.सं.२०७६ फागुन ९ शुक्रवार ०९:२५ मा प्रकाशित