back
NMB ad

ऋणपत्र निष्कासनको तयारीमा सिटिजन्स बैंक, व्याज कति ?

Kumari bank ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले १ हजार रुपैयाँ मूल्य तोकेको ऋणपत्रको भुक्तानी अवधि १० वर्ष रहेको छ । बैंकले निष्कासन गर्न लागेको ‘१०.२५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६’को निष्कासक तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

ऋणपत्रमा वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर तोकेको बैंकले त्रैमासिक रूपमा यसको भुक्तानी गर्ने भएको छ ।  बैंकले निष्कासनको तयारी गरेको ऋणापत्रमध्ये १० लाख कित्ताबराबरको १ अर्ब रुपैयाँको सर्वसाधारणका लागि तथा १५ लाख कित्ताबराबरको १ अर्ब ५० करोड रुपैयाँको व्यक्तिगत एवं संघसंस्थालाई बिक्री गर्ने जानकारी बैंकले दिएको छ ।

उक्त ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताको लागि आवेदन गर्न पाउनेछन ।  बैंकले व्यक्तिगत रूपमा बिक्री गरिने ऋणपत्रमा अधिकतम सीमा नलाग्ने बैंकले जानकारी दिएको छ । रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो ऋणपत्रलाई एल बिबिबी प्लस रेटिङ दिएको छ ।

वि.सं.२०७६ फागुन ९ शुक्रवार ०५:५६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...