महाशिवरात्रि : पशुपतिनाथमा दर्शनार्थीहरुको भिड (फोटोफिचर)

काठमाडौँ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

लाखौँ भक्तजनले पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गरिसकेका छन् । लाखौँ भक्तजन पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेर दर्शनको प्रतीक्षामा छन् ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइन्छ ।

तस्वीर रोशन सापकोटा/रासस

२०७६ फागुुण ९ गते १३:०३ मा प्रकाशित

You can share this post!

मेलम्ची खानेपानी आयोजनामा भौगोलिक सूचना प्रणाली शुरु

आइतवार आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

Related posts