back
NMB ad

अपडेट : ५९.२१ अंकले बढ्यो नेप्से, ५ कम्पनीको शेयरमूल्यमा सर्किट

Kumari bank ad

काठमाडौं । आइतवार नेप्से परिसूचक कारोबार भएको दोस्रो घण्टामा ५९ दशमलव २१ अंक बढेर १ हजार ४९३ दशमलव ७९ को विन्दुमा पुगेको छ ।

गत हप्ता कारोबार रकममा नयाँ उचाई कायम गरेको दोस्रो बजारमा यस दिन उच्च अंकले बढेको छ । पछिल्लो समय बजार सुधारको बाटोतर्फ उन्मुख हुँदा लगानीकर्तामा बजारप्रति सकारात्मक धारणा विकास भएको सरोकारवालाहरुको बुझाइ छ ।

उच्च अंकले बढेको बजारमा सो समयसम्म भने साल्ट ट्रेडिङ, फस्र्ट माइक्रोफाइनान्स लगायत अन्य ३ कम्पनीको शेयरमूल्य उच्चले बढेर सकारात्मक सर्किट लागेको छ ।
कारोबार शुरु भएको पहिलो घण्टामा १ हजार ४७३ दशमलव ९२ विन्दुमा रहेको परिसूचक निरन्तर उकालो लाग्दा सो अंकले बढेको हो ।

कारोबारमा आएका १२ समूहकै परिसूचक बढ्दा दोस्रो घण्टासम्म समग्र परिसूचक ४ दशमलव १३ अंकले बढ्न पुगेको हो । सो समयसम्म बैंकिङ र व्यापार समूहमा लगानीकर्ताको आकर्षण रहेको देखिन्छ ।

व्यापार समूहको परिसूचक सर्वा्धिक ९ दशमलव २४ अंकले बढेको छ भने बैंकिङ समूहको परिसूचक ५ दशमलव ५९ प्रतिशत बढेको छ । कारोबारको सो समयसम्म एनएमबि बैंकको सर्वाधिक कारोबार भएको छ ।

बैंकको रू. ८ करोड ८६ लाख बराबरको शेयर किनबेच भएको छ । सो समयसम्म साल्ट ट्रेडिङ कम्पनीको शेयरमूल्य सर्वा्धिक ९ दशमलव ९७ प्रतिशत बढेको छ भने तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ३ दशमलव ८९ प्रतिशत घटेको छ ।

वि.सं.२०७६ फागुन ११ आइतवार १३:१० मा प्रकाशित

You can share this post!

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...