back
NMB ad

बागलुङको बिहुँकोटस्थित अमर क्याम्पसको सुविधा सम्पन्न भवन निर्माण शुरु

Kumari bank ad

बागलुङ । धन धान्याञ्चल महायज्ञमार्फत सङ्कलन भएको रकमले बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँकोटस्थित अमर क्याम्पसको सुविधा सम्पन्न भवन निर्माण शुरु गरिएको छ ।

प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यका साथ विहुँकोट राममन्दिर नजिकै १३ कोठे सुविधा सम्पन्न भवन निर्माण कार्य शुरु भएको अमर क्याम्पस बिहुँले जनाएको छ ।

उच्च शिक्षा अध्ययनका लागि जिल्ला सदरमुकाम, काठमाडौँ र पोखरा धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यका साथ स्थानीयवासीको सक्रियतामा महायज्ञ सञ्चालन गरी सङ्कलित रु तीन करोड रकमबाट अहिले दुई वटा सभाहल र १३ वटा कोठासहितको भवन निर्माण गर्न थालिएको अमर क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष गौरी शङ्कर शर्माले बताउनुभयो ।

त्रिभुवन विश्व विद्यालयबाट २०६७ मा सम्बन्धन प्राप्त यस अमर क्याम्पसमा हाल व्यवस्थापन सङ्कायको स्नातक तह अध्यापन गरिँदै आएको भए पनि भौतिक संरचनाको अभावमा समस्या झेल्दै आएपछि सुविधा सम्पन्न भवन निर्माण थालिएको छ ।

अमर क्याम्पसमा हाल ६० जना विद्यार्थी अध्ययनरत छन् । यसमध्ये भवन नभएपछि २६ जना विद्यार्थीलाई अस्थायी भवनमा राखेर पढाइँदै आइएको छ ।

भवन निर्माणका लागि २०७३ सालमा १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको नेतृत्वमा महायज्ञ सञ्चालन गरिएको काठेखोला गाउँपालिका–५ का वडाध्यक्ष शिव कँडेलले जानकारी दिनुभयो ।

क्यापसको पहिलो तला चैत मसान्तसम्म सम्पन्न गर्ने गरी निर्माण कार्यलाई अगाडि बढाइएको छ । अर्को वर्षदेखि तला थप्दै जाने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शर्माले बताउनुभयो ।

भवन अभावका कारण साँघुरो ठाउँमा पढाउनुपर्ने बाध्यता रहेकाले स्थानीयवासीको पहल र अगुवाईमा सुविधा सम्पन्न भवन निर्माण थालिएको क्याम्पस प्रमुख केशव कँडेलले बताउनुभयो ।

पढाउँदा असहज हुनुका साथै पुस्तकालय, ल्याब बनाउने स्थानसमेत नरहेकाले विद्यार्थीलाई गुणस्तरीय एवं प्रविधिमैत्री शिक्षा प्रदान गर्न चुनौती देखिएको क्याम्पस प्रमुख कँडेलको भनाइ रहेको छ ।

क्याम्पसमा बिहुँसँगै लेखानी, तङ्ग्राम, ताराखोला, दमेकलगायतका ठाउँबाट अध्ययन गर्न आउने गरेको विद्यालयका संस्थापक नवीन कँडेलले बताउनुभयो । विद्यार्थीहरुलाई थप आकर्षित गर्नका लागि क्याम्पसले आवासीय सुविधा प्रदान गरेको छ भने प्राविधिक शिक्षा सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीलाई मध्यनजर गर्दै आवासीय सुविधाको समेत व्यवस्था गरेको क्याम्पसले जनाएको छ । २० प्रतिशत विद्यार्थी मात्रै अहिले आवासीय रुपमा बसेर अध्ययन गर्दै आएका छन् ।

भवन निर्माण भएपछि गरिब तथा विपन्न परिवारका विद्यार्थीहरुलाई अध्ययन गर्न बाहिरी जिल्ला धाउनुपर्ने बाध्यताको अन्त्य हुने क्याम्पसले जनाएको छ । रासस

वि.सं.२०७६ फागुन १२ सोमवार १५:०२ मा प्रकाशित

You can share this post!

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...