back
NMB ad

शेयर बजारमा करेक्सन : ३ अर्ब ४१ करोड बराबरको कारोबार, यी तीन कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । आइतबार उछाल आएको सेयर बजारमा सोमबार करेक्सन भएको छ । सोमबार बजार झण्डै २ अंकले घटेर नेप्से परिसूचक १ हजार ५०२ मा झरेको छ ।

बजार घटे पनि सोमबार ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको ८३ लाख ४८ हजार २८३ कित्ता सेयर किनबेच भएको छ । लगानीकर्ता एनएमबी बैंकमा झुम्मिएका छन । एनएमबीको प्रतिकित्ता ४७४ रुपैयाँमा २० करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै शिवम सिमेन्ट लिमिटेडको ६७७ रुपैयाँमा १३ करोड रुपैयाँको कारोबार भएको छ ।

यस्तै शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १ हजार ३४० रुपैयाँमा १२ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार बैंकिङ र उत्पादन मुलक परिसूचक मात्र बढेको छ ।  जलविद्युत, व्यापार, विकास बैंक, लघुवित्त र बीमा कम्पनीहरुको सेयर मूल्य घटेको छ । कालिका माइक्रोक्रेडिट, मन्जुश्री फाइनान्स र युनियन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन ।

आइतबार उछाल आउँदा सेयर बजार ६९.५६ अंकले बढेको थियो । आइतबार नेप्से परिसुचक बढेर १ हजार ५०४ अंकमा पुगेको थियो । २५ महिनापछि बजार यो अंकमा आइपुगेको हो । आइतबार ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँ बराबरको ८७ लाख ६९ हजार ५२२ कित्ता सेयर किनबेच भएको थियो ।

वि.सं.२०७६ फागुन १२ सोमवार १५:१३ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...