back
NMB ad

विकासका पूर्वाधार निर्माणले भोक्रोफाँटमा खुशीयाली : मेयर पौडलले यसरी गर्दै छन काम

Kumari bank ad

गैंडाकोट । उमेरले ४० कटेकी भागिसरा थापालाई जीवनको एउटा निष्कपट अध्यारो पाटोको अन्त्य सधैका लागि भए जस्तो लाग्छ । यही जूनीमा भोगेको पीडा, दुःख र हैरानी उनका लागि सपना वा कुनै चलचित्रमा देखे जस्तो अनूभूति हुन्छ ।

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं. ३ स्थित भोक्रोफाँटमा बिजुली, सडक र खानेपानी पुगेपछि यहाँका बासिन्दाले नयाँ जीवन पाएको अनूभुती गरेका छन् । भागिसराले ३० बर्ष अघि यही ठाँउमा भोगेको जीवन र अहिलेको जीवनमा आकाश जमिनको फरक छ ।

‘मट्टितेलको बत्तिमा जीवन बिताइयो, एक घण्टासम्म टाढा पुगेर पानी बोकेर ल्याएर खाइयो, ५ घण्टा हिडेर मात्रैं बसको मुख देख्न पाइन्थ्यो, तर आज यहाँ भएको विकास देख्दा सपना जस्तो लाग्छ’ भागिसरा भन्छिन्, ‘भोलीका पुस्ताले हामीले भन्दा अझैं बढि सुख पाउँछन् ।’

गैंडाकोट नगरपालिका कार्यालयबाट झण्डै ९ किलोमिटर उत्तरतर्फ रहेको सो ठाँउमा मगर समुदायको बाक्लो बसोवास छ । मूल राजमार्गमा आउन विगतमा झण्डै पाँच घण्टा हिड्नुपर्ने यहाँका बासिन्दा अहिले एक घण्टामा सजिलै पूर्व पश्चिम राजमार्ग आइपुग्छन् ।

कालीगण्डकी करिडोरको सडकले भोक्रोफाँटको पेट चिरे पनि उनीहरू खुसी छन् । यसले उनीहरूलाई सुविस्ता मिलेको छ । गत भदौंमा भोक्रोफाँटमा झलमल्ल बिजुली बल्यो । खुसीको कुनै सिमा रहेन् यहाँका स्थानीय बासिन्दाको । हुने खानेले घरमा सोलाए राखेका थिए भने, आर्थिक अवस्था कमजोर हुनेहरुले टुकीको धिपधिपेमा जूनी कटाएका थिए । तर, गाउँमा बिजुली पुगेपछि सबैका घर झिलिमिली भएका छन् ।

यो क्षेत्रका झण्डै ६५ घरधुरीमा बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणको गत बर्षको १२ लाख र नगरपालिकाको ८ लाखको लागतमा गाउँमा बिजुली पु¥याइएको हो ।

भोक्रोफाँट टोलविकास संस्थाका अध्यक्ष पदम ग्रन्द्रमा मगरले पहिलोपटक बिजुलीको उज्यालोमा बस्न पाउँदा निकै खुसी मिलेको बताए । ‘टुकी बालेर बस्नुपर्ने बालवच्चा पढाउनुपर्ने अवस्थाको अन्त्य भएकोमा खुसी लागेको छ’ अध्यक्ष ग्रन्द्रमा मगरले भने, ‘ घरमा सक्ने फ्रिज राखेका छन्, टिभी हेर्न पाएका छन्, इन्टरनेट चल्छ, टिभी, आइरन चल्छ, धेरै सुविस्ता भएको छ ।’

अर्का स्थानीयवासी अर्जुन बाँचे मगरले कयौं पुस्ता अन्धकारमा बसेर जीवन कटाएको युगको अन्त्य सदाका लागि भएको भन्दै खुसी व्यक्त गरे । बाँचेले अगाडि थपे ‘अब विभिन्न पेशा व्यवसाय गर्न पनि सजिलो भएको, बालवच्चा, गृहणी सबै खुसी छन् ।’

भोक्रोफाँटमा सडक र बिजुलीले मात्रैं हैन, खानेपानीको पनि उत्तिकै अभाव थियो । खानेपानी लिन एक घण्टा पैदल हिडेर जानुपर्दथ्यो । हिउँदा त झनै आपत । बालबच्चालाई विद्यालय पठाउन उत्तिकै समस्या । तर, अहिले भोक्रोफाँटमा घर घरमा पानी धारा छन् ।

पश्चिम ग्रामिण नेपाल खानेपानी आयोजनाको करीव ८० लाखको लगानीमा घरघरमा पानीका धारा बनेपछि यहाँका बासिन्दाको खुसीले ‘ह्याट्रिक’ गरेको छ । ६५ बर्षका गंगाबहादुर झेसीमगर भोक्रोफाँटका दुःख र सुखका साछी बसेका छन् ।

उनी भन्छन् ‘मैंले त यस्तो दिन आउला भनेर सोच्या पनि थिएन, रोड पनि पायो, पानी पनि पायो, बिजुली पनि पायो, अब सिचाई चाँहियो ।’ झोक्रोफाँटको काखमा कालीगण्डकी नदी बगिरहेको छ ।

नजिकै नदी भएर पनि यहाँका बासिन्दाले सिचाईको असुविधा बर्षोदेखि भोगिरहेका छन् । स्थानीयका गुनासा सुन्न यहाँ पुगेका गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले स्थानीय तहको चुनाबमा आफूले गरेको वाचा पूरा गरेर जनताको घरघरमा बिजुली र पानी पु¥याएको बताए ।

उनले अब चाडैं नै सिचाईको सुविधा उपलब्ध गराउने बाचा जनताका वीचमा गरे । ‘ म चुनावमा भोट माग्न आउँदा यहाँ बिजुली थिएन, सडकको ट्याक थियो, खानेपानी थिएन, मैले बचन दिएको थिए’ नगरप्रमुख पौडेलले भने, ‘अब यहाँका जनताका दुःखका दिन सकिए, सुखका दिन आए, अध्यारो युगको अन्त्य भएर उज्यालो युगको सुरुवात भयो अब सिचाई सुविधा पनि एक बर्ष भित्रै उपलब्ध हुन्छ ।’ उनले कालीगण्डकीको पानी लिफ्ट वा बोरिङ कुनै एक माध्यमबाट सिचाइ उपलब्ध गराउने र सुख्खा ठाँउलाई हराभरा पार्ने बताए ।

यसअघि वडा नः ३ कै हर्दी र केलादी क्षेत्रमा पनि नगरपालिकाको पहलबाट केही महिना अघि बिजुली बालेको नगरप्रमुख पौडेलले जानकारी दिए ।

नगरपालिकाका १८ वटा वडा मध्ये वडा नः १८ मा अहिले पनि बिजुली पुगेको छैन । चालु आर्थिक बर्षमा नै विद्युतीकरणका लागि ४ करोड ५० लाख रकम विनियोजन भएर आएको नगरप्रमुख पौडेलले बताए । गैंडाकोट नगरपालिका भरीका कुनै पनि जनता अब अन्धकारमा बस्नुपर्ने अवस्था सधैका लागि अन्त्य गरिने मेयर पौडेलको दावी छ ।

वि.सं.२०७६ फागुन १२ सोमवार १७:०६ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...